ला लीगाः एट्लेटिको म्याड्रिड चौथो स्थानमा कायम

IMG-20240513-WA0100.jpg

म्याड्रिड: स्पेनिश ला लीगा फूटबल अहिले अन्तिम चरणमा पुगिसकेको छ अनि एट्लेटिको म्याड्रिडले जीतको फर्मलाई कायम राख्दै चौथो स्थानलाई अझ मजबूत बनायो। आइतवार राति खेलिएको म्याचमा एट्लेटिको म्याड्रिडले सेल्टा विगोलाई १-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा ५६ प्रतिशत पोजेशनको साथ खेल्ने एट्लेटिकोबाट रोड्रिगो डी पलले ८४औं मिनटमा गोल गरे। यस जीतपछि एट्लेटिको म्याड्रिड ३५ वटा म्याचमा ७० पोइण्ट्सको साथ ला लीगा टेबलको चौथो स्थानमा कायम रह्यो। अहिले यस टीमसँग पाँचौं स्थानमा रहने एथलेटिक क्लबभन्दा ८ पोइण्ट्स अधिक रहेको छ। यसरी रियल बेटिसले अल्मेरिया विरुद्ध ३-२-ले जीत हासिल गऱ्यो। रियल बेटिस ५५ पोइण्ट्सको साथ छैटौं स्थानमा रहेको छ। भेलेन्सिया र रायो भाल्लेकानोबीचको म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो।

About Author

Advertisement