ला लीगाः रियल म्याड्रिडको हारपछि एट्लेटिको दोस्रो स्थानमा

IMG-20230522-WA0117.jpg

२२ मईः स्पेनिश ला लीगा फूटबलमा गत च्याम्पियन रियल म्याड्रिडको अझ एउटा निराशाजनक प्रदर्शनपछि एट्लेटिको म्याड्रिडले दोस्रो स्थान हासिल गऱ्यो। रियल म्याड्रिडलाई आइतवार राति खेलिएको म्याचमा भेलेन्सियाले १-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा २६ प्रतिशत पोजेशनको साथ खेल्ने भेलेन्सियाबाट डिएगो लोपेजले ३३औं मिनटमा गोल गरे। म्याचमा दुई टीमबीच निक्कै तनाउ पनि देखियो। मैदानमा झगड़ा गर्दा रियल म्याड्रिडका स्टार खेलाड़ी विनिसियस जूनियरले अन्तिम समयमा रेड कार्ड देख्नु पऱ्यो। रियल म्याड्रिडको यो गत पाँचवटा म्याचमा तेस्रो हार हो। यसबीच एट्लेटिको म्याड्रिडले चाहिँ ओसासुनालाई ३-०-ले पराजित गऱ्यो।

आफ्नो होम ग्राउण्ड सिभिटास मेट्रोपोलिटानो स्टेडियममा ५४ प्रतिशत पोजेशनको साथ खेल्ने एट्लेटिकोबाट यानिक कारास्कोले ४४औं, साउल निगुएजले ६२औं र एञ्जेल कोरेआले ८२औं मिनटमा गोल गरे। यस जीतको साथै एट्लेटिको म्याड्रिडले ३५ वटा म्याचा ७२ पोइण्ट्सको साथ ला लीगा टेबलमा दोस्रो स्थान हासिल गऱ्यो। यसरी रियल म्याड्रिड ७१ पोइण्ट्सको साथ तेस्रो स्थानमा रहेको छ। भेलेन्सिया ४० पोइण्ट्सको साथ १३औं स्थानमा रहेको छ। ला लीगाका अन्य म्याचहरूमा एस्पानयोलले रायो भाल्लेकानोलाई २-१-ले पराजित गऱ्यो जबकि सेविले र रियल बेटिसबीचको म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो।

About Author

Advertisement