२१ मईः स्पेनिश ला लीगाको जारी सीजनमा अगावै च्याम्पियन बन्ने बार्सिलोना पराजयको सम्मुखीन भयो । शनिवार राति खेलिएको म्याचमा बार्सिलोनालाई रियल सोसिएदादले २-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड केम्प नोउमा ६८ प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोना म्याचमा लगभग अन्तिम क्षणसम्म २ गोलले पछि रहेको थियो। मिकेल मेरिनोले पाँचौं र एलेक्सेण्डर सोरलोथले ७२औं मिनटमा गोल गरी रियल सोसिएदादलाई २-०-को बढ़त दिलाए। अन्तमा रोबर्ट लेवाण्डोस्कीले ९०औं मिनटमा एक गोल गरे पनि बार्सिलोनालाई हारबाट बचाउन सकेनन्। यस जीतपछि रियल सोसिएदाद ३५ वटा म्याचमा ६५ पोइण्ट्सको साथ ला लीगा टेबलको चौथो स्थानमा कायम रह्यो।

यसरी शीर्षमा रहने बार्सिलोनासँग ८५ पोइण्ट्स रहेको छ। ला लीगाका अन्य म्याचहरूमा भिल्लारियलले गिरोनालाई २-१-ले, एथलेटिक क्लबले सेल्टा विगोलाई २-१-ले, काडिजले भाल्लाडोलिडलाई २-०-ले अनि अल्मेरियाले मालोर्कालाई ३-०-ले पराजित गऱ्यो। गेटाफे र एल्चेबीचको म्याच १-१-ले ड्र रह्यो। भिल्लारियल अहिले ६० पोइण्ट्सको साथ पाँचौं स्थानमा रहेको छ।










