दार्जीलिङ: लामा गाउँ वेलफेयर सोसाइटी, दार्जीलिङको तत्त्वावधानमा आयोजित प्रतिष्ठित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टमा रेड पाण्डा फूटबल क्लब (सिक्किम)-ले क्वार्टर फाइनलमा स्थान बनायो। आइत भएको म्याचमा रेड पाण्डा फूटबल क्लब (सिक्किम)-ले एमएमएफसी निरपानी विरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट किरण गुरुङले २ र सैलेश प्रधान ले १ गोल गरे। विजेता टीमका किरण गुरुङ ले प्लेयर अव् द म्याचको पुरस्कार जिते। टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २० र २३ जनवरीमा खेलिनेछ। यसरी फाइनल २६ जनवरीमा हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।








