लाचुङका नवनिर्वाचित पिपनले भेटे मन्त्रीहरू, राखे विभिन्न माग

IMG-20250419-WA0284

गान्तोक: उत्तर सिक्किमको लाचुङका नवनिर्वाचित पिपन (जुम्सा व्यवस्थाअन्तर्गत स्थानीय जनप्रतिनिधि) सोनाम छिरिङ लाचुङ्गपाले आज राजधानी गान्तोकमा राज्य सरकारको ग्रामीण विकास मन्त्री अरुण कुमार उप्रेती र कृषि मन्त्री पुरण गुरुङसित भेट गरेर आफ्नो क्षेत्रको विकासका निम्ति विभिन्न विषयमा कुरा राखेका छन्। यो उनको पिपन निर्वाचित भएपछि कुनै मन्त्रीहरूसितको पहिलो औपचारिक भेटवार्ता थियो।
पिपन सोनाम छिरिङ लाचुङ्गपाले मन्त्रीहरूसितको भेटवार्तमा लाचुङ क्षेत्रको सर्वाङ्गिन विकासको निम्ति ग्रामीण पूर्वाधार र यातायात सञ्जालको सुधार, कृषि तथा बागवानी उत्पादनमा वृद्धि, पशुपालन र पशु स्वास्थ्य सेवाको सुदृढीकरण साथै स्थानीय प्रशासनिक आवश्यकताहरूको सम्बोधन बारेमा आफ्ना कुराहरू राखे।
मन्त्रीहरूसितको भेटवार्तामा पिपन लाचुङ्गपाले जुम्सा प्रणालीका परम्परागत मूल्यहरूलाई बलियो बनाउँदै समुदायको समृद्धिको लागि सहकार्यमा आधारित शासन प्रणालीको आवश्यक्तमाथि पनि जार दिएका छन्। मन्त्रीहरूले पिपनको कुराहरूलाई ध्यानपूर्वक सुनेपछि पूर्ण सहयोगको आश्वासन दिएको बताइएको छ।

About Author

Advertisement