झापा: इलाम जिल्लाको विभिन्न स्थानहरूबाट लागूऔषध ब्राउनसुगर र गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। सूर्योदय नगरपालिका -१० फिक्कल स्थितबाट झापाको बुद्दशान्ति १ का ३५ वर्षीय प्रकाश कार्कीलाई प्र १–०१–००१ ह ८२८६ नम्बरको अटोसहित पुलिस चौकी फिक्कलबाट खटिएको पुलिस टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ४३० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो। त्यस्तै, पुलिस चौकी तीनघरे इलामबाट खटिएको पुलिस टोलीले सूर्योदय ११ बाट लागूऔषध गाँजा ४ केजी ६०० ग्रामसहित स्थानीय ३१ वर्षीय देबेन्द्र राईलाई पक्राउ गरेको हो। लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको पुलिसले द रिपब्लिक इण्डियानलाई जानकारी गराए।









