लागु पदार्थ सहित एकजना पुरुष र महिला पक्राउ

755076e0-6499-49c1-b807-4024b533378c

कालचिनीः जयगाउँ थानाको पुलिसबलले एउटा गोप्य सूचनाको आधारमा जयगाउँ त्रिवेणी टोल निवासी अनिल तामाङ ( ४८) र अर्को एकजमा महिला पूर्णी तामाङ (४०) लाई भारी मात्रामा नशालु ट्याबलेट र सीरप सहित पक्राउ गरेको घटना प्रकासमा आएको छ।
प्राप्त जानकारी अनुसार पक्राउ परेका महिला र पुरुषबाट अवैद्य स्पाज्मो प्रोक्सिवियन क्यापसुल प्रायः १.८ किलोग्राम ३३ फाइल नाइट्रोसन १० ट्याबलेट र १३ बोतल वनरेक्स कफ सीरप बरामद गरीएको थियो। पक्राउ परेका दुवै आरोपीलाई मंगलबार अदालतमा पठाएको पुलिस सुत्रले जनाएको छ।

About Author

Advertisement