लागुऔषध कारोबारी माथि गोली प्रहार 

IMG-20240517-WA0089.jpg

झापा: सुनसरीको रामधुनी नगरपालिका – ६ मा लागुऔषध कारोबारीमाथि प्रहरीले गोली प्रहार गरेको छ।

लागुऔषध ब्यूरो कोटेश्वर र सुनसरी प्रहरीको टोलीले लागुऔषध कारोबार भइरहेको अवस्थामा नियन्त्रणमा लिने क्रममा एक जनामाथि गोली प्रहार गरेको पुलिस स्रोतले जानकारी दिएको छ।

पक्राउ पर्नेको नाम खुलेको छैन। गोली प्रहारबाट उनी घाइते भएका छन्। उनको घुँडामुनि गोली लागेको छ। केही दिन अघि पनि सुनसरीमै लागुऔषध कारोबारीमाथि प्रहरीले गोली चलाएको थियो।

About Author

Advertisement