लागुऔषधसहित दुई महिला पक्राऊ

3701008-62.jpg

गुवाहाटी: आज बिहान करिब ७ बजे गुवाहाटी राजधानी एक्सप्रेस (२०५०३) को नियमित निरीक्षणका क्रममा दुई महिला पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा ३५ वर्षीया सुमित्रा बर्मन र ४० वर्षीया मामोनी रे रहेका छन्। उनीहरुको साथबाट ठूलो परिमाणमा याबा ट्याब्लेट बरामद भएको छ। अधिकारीहरूले गरेको निरीक्षणको परिणामस्वरूप १०० वटा प्याकेटहरू फेला परे। प्रत्येक प्याकेटमा ५० वटा ट्याब्लेट रहेकाे जानाएकाे छ। उनको साथबाट करिब २० हजार शंकास्पद यावा चक्की पनि बरामद भएको छ। बर्मन र रे कोच ए२ , सिट ३१ र ३२ मा दिमापुर(असम) बाट काेचबिहार(पश्चिम बंगाल) यात्रा गर्दै थिए। दुवै जना कोचबिहार जिल्लाको दिनहाटा पुलिस कार्यक्षेत्र अन्तर्गतको थापु गाउँका बासिन्दा हुन्। सुमित्रा बर्मन प्रदीप रेकी पत्नी हुन् भने मामोनी रेले कमल रेसँग विवाह गरेकी हुन्। पुलिसले शंकास्पद लागुऔषध बरामद भएपछि आवश्यक कानुनी कारबाही अघि बढाएको छ।

About Author

Advertisement