सिलगढी: श्यामा पूजाको पूर्वसन्ध्यामा कुनै अप्रिय घटना हुन नदिन सिलगढी मेट्रोपोलिटन पुलिस शहरमा पूर्ण रूपमा सक्रिय छ। यसैबीच, न्यू जलपाईगढी थानाको पुलिसले अपरेशन चलाएर झन्टु पाल नामका एक व्यापारीलाई एनजेपी मेन रोड, नेपाली बस्तीबाट पक्राउ गरेको छ। उनको साथबाट लाखौं रुपियाँको प्रतिबन्धित पटेका बरामद भएको छ। पक्राउ परेका व्यक्ति सिलगढी नगरपालिकाको वार्ड नम्बर ३४ सूर्यसेन कालोनी ब्लक बीका बासिन्दा रहेको बताइएको छ। उनलाई बुधबार जलपाईगढी अदालतमा पठाइयो।









