लाखौँ रुपियाँको विदेशी रम-रक्सी सहित ५ जना पक्राउ

IMG_20220902_154425.jpg

सिलगढी: बिहारमा तस्करी गर्न अगावै पुलिसले लाखौँ रुपियाँको विदेशी रम-रक्सी सहित ५ जना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा सन्जीत मुखिया, अविकान्त कुमार, अभिनाश कुमार, प्रदीप यादव र रञ्जीत कुमार पाठक सामेल छन्।प्राप्त जानकारी अनुसार गत अबेर राति पुलिसले फाँसीदेवाको विधाननगर मुरलीगञ्ज चेकपोस्टमा नाका चेकिङ अभियान अवधि बिहार नम्बर भएको एउटा वाहनलाई रोकेर छानबीन गर्दा धेरै मात्रामा विदेशी रम-रक्सी उद्धार भएको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी बङ्गालबाट रम-रक्सी लिएर बिहारमा अधिक मूल्यमा बिक्री गर्ने तिनीहरूको योजना रहेको थियो।

About Author

Advertisement