लस एञ्जिलिस ओलम्पिकमा खेल्ने सविता पूनियाको इच्छा

IMG-20250111-WA0286

नयाँ दिल्ली: लस एञ्जिलिस ओलम्पिक २०२८-सम्म खेल्ने आशा व्यक्त गर्दै भारतकी अनुभवी गोलकीपर सविता पूनियाले महिला हकी इण्डिया लीगको शुरुवातले जूनियर खेलाड़ीहरूलाई आर्थिक स्थिरता प्राप्त हुने अनि धेरभन्दा धेर युवा हकी खेल्न प्रेरित हुने बताइन्। महिला एचआईएल-को पहिलो सीजन १२-देखि २६ जनवरीसम्म खेलिनेछ। सविताले भनिन्, हरेक खेलाड़ीले आर्थिक स्थिरता चाहन्छन्, जसले उनीहरूले आफ्नो परिवारलाई तनाउमुक्त राख्न, परिवारलाई सहायता गर्न अनि असल उपकरण खरीद गर्न सक्नेछन्। हा्मी लामो समयदेखि राष्ट्रिय टीममा छौं अनि पदक जित्न सफल हुँदा सरकारले हामीलाई पुरस्कार दिन्छ। अब जूनियर खेलाड़ीहरूलाई पनि त्यति नै पैसा प्राप्त भए उनीहरूलाई वित्तीय तनाउ रहनेछैन। उनीहरूले खेलमा फोकस गर्न सक्नेछिन्। आफ्ना नानीहरूले हकी खेलमा भविष्य बनाउने विषयमा माता-पिताहरू पनि निश्चिन्त हुन सक्नेछन्। भारतको निम्ति लगभग ३०० वटा अन्तर्राष्ट्रिय म्याच खेलिसकेकी ३४ वर्षीय सविताको अहिले नै सन्न्यास लिने कुनै इच्छा छैन। शरीर फिट रहे अनि खेलको मजा लिन सके उनी लस एञ्जिलिस ओलम्पिक २०२८-मा पनि हिस्सा लिन चाहन्छिन्। उनले भनिन्, म आउँदो ओलम्पिकमा खेल्न चाहन्छु। मेरो माता-पिताले सदा मेरो फसेलालाई समर्थन गरेका छन् अनि अहिले विवाह पछि पतिको साथमा सासु-ससुराले पनि साथ दिइरहेका छन्। म भाग्यशाली छु। अहिले त मेरो फोकस २०२६ वर्ल्ड कप र एशियन गेम्समा रहेको छ। यसैकारण शरीर फिट रहे अनि खेलको मजा लिन सके भने म लगातार खेल्न चाहन्छु।

About Author

Advertisement