लङ्भ्यू चियाबारी विषयमा सरकार, मालिक र श्रमिक संगठनहरुमाझ कोलकातामा त्रिपक्षीय बैठक सम्पन्न

IMG-20260313-WA0071

खरसाङ: कोलकातामा राज्यका श्रममन्त्री मलय घटकको उपस्थितिमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका डेपुटी चेयरम्यान राजेस चौहान, छवटा श्रमिक संगठनका प्रतिनिधिहरु तथा लङ्भ्यु चियाबगानका मालिक गोबिन गर्गबीच त्रिस्तरीय बैठक सम्पन्न भएको छ। लामो समयदेखि लङ्भ्यू चियाबगानका श्रमिकहरूले रोजगारीको निरन्तरता तथा विभिन्न सहुलियतहरू मालिक पक्षले उपलब्ध नगराएको आरोप लगाउँदै आएका थिए। यसै विषयलाई लिएर उत्पन्न समस्याको समाधान खोज्ने उद्देश्यले बैठक बोलाइएको हो।
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाको पहलमा बैठक अघि बढाइएको बताइएको छ। बैठकमा श्रमिक पक्षले आफ्ना माग तथा समस्याहरू स्पष्ट रूपमा राखेका थिए भने मालिक पक्षले पनि आफ्ना धारणा प्रस्तुत गरेका थिए। सम्बन्धित पक्षहरूबीच छलफलमार्फत् समस्याको समाधान खोज्ने प्रयास गरिएको जनाइएको छ। श्रमिकहरूको रोजगारी र अन्य सहुलियत सम्बन्धी विषयमा सकारात्मक पहल गर्ने विषयमा पनि बैठकमा छलफल भएको स्रोतले जनाएको छ।

About Author

Advertisement