लङ्भ्यु अम्बटे पंखाबारी समष्टिबाट निर्दलीय प्रार्थी पत्रकार सुवास छेत्रीले चुनाव जितेको खण्डमा जनताको रिमोर्ट कन्ट्रोल बनेर कार्य गर्ने निर्णय

IMG-20220607-WA0126.jpg

खरसाङ: खरसाङको लङ्भ्यु अम्बटे पंखाबारी समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा उठेको पत्रकार सुवास छेत्रीले चुनाव जितेर सभासद बनेको खण्डमा जनताको रिमोर्ट कन्ट्रोल बनेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफु यसपालीको जीटीए चुनावमा कुनै राजनैतिक पार्टीको ब्यानरमा उठेको होइन तर स्वतन्त्र प्रार्थीको रुपमा जीटीए चुनावमा उठेको कारणले गर्दा चुनाव जितेको खण्डमा आफु कुनै राजनैतिक दलको रिमोर्ट कन्ट्रोल बनेर होइन तर जनताको रिमोर्ट कन्ट्रोल बनेर कार्य गर्ने बताएका छन्। पत्रकार सुवास छेत्रीले हिज मात्रै भूतपूर्व सैनिक संगठनको प्रार्थी मणिकुमार छेत्रीले आफ्नो नामांकन फिर्ता लिएर आफुलाई सहयोग गरेकोमा आभार प्रकट गर्दै यो समर्थनले आफ्नो जीत अझ निश्चित रहेको दाबी गरेका छन्। छेत्रीले म कसैको पार्टीको टिकटमा चुनाव लडेको होइन तर समष्टीको जनताले नै उठाएको कारणले मेरो जीत निश्चित रहेको बताएका छन्।
स्वतन्त्र प्रार्थी सुवास छेत्रीले पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा मैले चुनाव प्रचार तेति बेसी नगरेको बताउँदै मलाई समष्टीका जनताले नै चुनावमा उठ्ने बिन्ती गरेको कारणले गर्दा चुनाव प्रचार बेसी नगरे पनि जित्ने निश्चित रहेको दाबी गर्दै म अब जनताको घर दैलोमा गएर चुनाव प्रचार गर्ने बताएका छन्। उनले अहिलेको समयमा जनताले सबै राजनीतिक दलहरूबाट वाक्कै भईसकेको र जनताले सामाजिक सरोकारको मानिसहरू चाहिएको बताउँदै अब जनताले पार्टी र झण्डा नहेरेर सामाजिक रुपमा कार्य गर्ने व्यक्तिलाई हेर्ने बताएका छन्। छेत्रीले म चियाबारी र चियाबारीको समस्याहरूसित नजिकबाट परिचित रहेको र चियाबारीको समस्याहरूलाई लिएर अघि बढ़ने बताएका छन्। उनले मेरो हिम्मत समष्टीको जनता रहेको बताउँदै अन्य निर्दलीय प्रार्थीहरू कुनै न कुनै प्रकारले राजनैतिक दलहरूसित सम्बन्धित रहेको तर आफु भने पूर्ण रूपमा अराजनैतिक रुपमा रहेर कार्य गर्ने बताएका छन्।

About Author

Advertisement