लगातार परिरहेको पानीले जयगाउँमा आपदाको स्थिति

Jaigaon-1

कालचिनी: लगातार परिरहेको अविरल बर्षाले डुवर्सको जनजीवन अस्त व्यस्त भईरहेको क्रममा भारत भोटाङ सीमान्त जयगाउँ क्षेत्रमा व्यापक क्षति पुगेको छ| प्राप्त जानकारी अनुसार जयगाउँ एक नम्बर ग्राम पञ्चायत अन्तर्गत खोक्ला बस्ती संलग्न बाउनी झोड़ामा भोटाङबाट बगेर आउने भङ्गालोले क्षेत्रवासीको भूमि क्षय भइरहेको र गाउँको बाटोहरू सबै खोलामा परिणत भएको र एसियन हाईवे ४८ सम्म माटो र हिलो जमेकोको ठूलो दुर्घटना पनि हुनसक्ने आशङ्का स्थानीय बासिन्दाहरूले गरेका छन्| स्थानीय पञ्चायत सदस्य पवनबीर मोक्तानले जेसीबी लगाएर बाटो सफाई गरिरहेको र खोलाको कुलो काटने काम गरिरहेको तर लगातार यसरी नै पानी परिरहे परिस्थिति बिग्रिन सक्ने जनाएका छन्|   यता झरणा बस्ती र हॉंसीमारा झोड़ाको पानीले बर्मनपाड़ा र छोटा मेचे बस्ती क्षेत्रको चार पॉंचवटा घरहरू खोलामा भासिएको बताईएको छ भने तत्काल राहत गर्ने काममा जेडीए प्रशासन लागिपरेको जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्माले जनाएका छन्|

About Author

Advertisement