खरसाङ: पैह्रोले वाधित रोहिणी रोड लगभग तीन महिनापछि आजदेखि खोलिएको छ। गत ४ अक्टोबरको राती अविरल वर्षाको कारण पैह्रोले वाधित बनेको रोहिणी रोडको मरमत्ति कार्य पूरा भएपछि आजदेखि गाडीहरु चलाचलको लागि खोलिएको छ। आजदेखि दार्जीलिङदेखि खरसाङ हुँदै सिलगढी जाने गाडीहरु र सिलगढी खरसाङ हुँदै दार्जिलिङ जाने गाडीहरु सबै रोहिणी रोड भएर कुदिरहेको छ। रोहिणी रोडको पैह्रोले गर्दा सबै गाडीहरु राष्ट्रिय राजमार्ग ११० भएर कुदिरहेको थियो जसले गर्दा दैनिक जामको समस्या देखिएको थियो। तर अब रोहिणी रोड मरम्मति गरेर खोलिएपछि सबै गाडीहरु कम समय र कम दूरीमा यात्रा गर्न सकिने भएकोले सबै गाडीहरु रोहिणी रोड भएर कुदिरहेको छ। उल्लेखनीय छ गत गत मंगलवार ३० दिसम्बरको दिन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा र विभागीय अधिकारीहरुले रोहिणी रोडको मरमत्ति कार्यको निरीक्षण गरेपछि १ जनवरीदेखि रोहिणी रोड खोलिने घोषणा गरेका थिए। त्यसै अनुरुप आज १ जनवरीदेखि रोहिणी रोडबाट गाडीहरु कुदाउन शुरु गरिएको छ।

पहिलो दिन दुवैपट्टिबाट आउने जाने सबै प्रकारका गाडीहरुको लागि रोहिणी रोड खुल्ला गरिएको र भविष्यमा ट्राफिकको समस्या भए पंखाबारी रोड र राष्ट्रिय राजमार्ग ११० पनि प्रयोग गरिने खरसाङ ट्राफिक पुलिसको प्रभारी बीरेन्द्र छेत्रीले बताएका छन्।










