लक्ष्य सेनलाई पराजित गरी श्रीकान्त क्वार्टर फाइनलमा, पीभी सिन्धु पराजित

IMG-20230615-WA0179.jpg

१५ जूनः किदाम्बी श्रीकान्तले आफ्नो अनुभवको फाइदा उठाउँदै दुई भारतीय खेलाड़ीबीच भएको म्याचमा युवा लक्ष्य सेनलाई सीधा गेममा पराजित गरी बिहीवार इण्डोनेशिया ओपन वर्ल्ड टूर सुपर १००० ब्याडमिण्टन टुर्नामेण्टको क्वार्टर फाइनलमा स्थान बनाए। यसबीच दुईपल्टकी ओलम्पिक पदक विजेता पीभी सिन्धुको अभियान चाहिँ हारको साथ समाप्त भयो। पुरुष एकलको दोस्रो राउण्डको म्याचमा लक्ष्यले श्रीकान्तलाई कड़ा चुनौती दिए तर वर्ल्ड ऱ्यांकिंगको शीर्षमा रहिसकेका अनुभवी खेलाड़ीले ४५ मिनटसम्म चलेको म्याचमा २१-१७, २२-२०-ले जीत हासिल गरे। यी दुई खेलाड़ीबीच तेस्रो म्याचमा यो श्रीकान्तको दोस्रो जीत हो।

यसबीच विश्वकी १४औं नम्बरकी खेलाड़ी सिन्धु चाहिँ महिला एकलको दोस्रो राउण्डको म्याचमा चाइनीज ताइपेकी विश्वकी तेस्रो नम्बरकी खेलाड़ी ताइ जू यिंग विरुद्ध १८-२१, १६-२१-ले पराजित भइन्। सिन्धु गत दुईवटा टुर्नामेण्टमा पनि शुरुवाती राउण्डमै बाहिर भएकी थिइन्।

About Author

Advertisement