लक्ष्मी भण्डार योजनाबाट पाँच लाख भन्दा अधिकले लाभ पाउने

biswo

काेलकाता: पश्चिम बंगाल सरकारको लक्ष्मी भण्डार योजना अन्तर्गत पॉंच लाख सात हजार नयॉं लाभार्थीहरूलाई समाबेश गरिएको एक अधिकारीले शनिवार जानकारी दिए।
उनले भने, यस वर्ष जूनसम्म राज्यका २ करोड़ १५लाख ८८ हजार ७७५जना महिला यस योजनाबाट लाभान्वित भएका छन्।
अहिलेसम्म राज्य सरकारले यस योजना अन्तर्गत कुल ₹१३,५२३.८८ करोड़ रूपियॉं खर्च गरेको छ। मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशानुसार, चॉंडै यी नयॉं लाभार्थीहरूलाई योजनामा समाबेश गरिने बताए।
उल्लेखनीय छ, पश्चिम बंगाल सरकारको लक्ष्मी भण्डार योजनाले राज्य सरकारलाई आफ्नो जनाधार बढाउन निकै मद्दत गरेको छ। मुख्यमन्त्री ब्यानर्जीले धेरै अवसरहरूमा लक्ष्मी भण्डार योजनाकै आधारमा भाजपा शासित सरकारहरूले महिलाहरूलाई वित्तीय लाभ दिन योजना शुरू गरिरहेको दाबी गरेकी छन्। मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशानुसार, चॉंडै यी नयॉं लाभार्थीहरूलाई योजनामा समाबेश गर्ने बताए।

About Author

Advertisement