लक्ष्मी भण्डारले पायो स्कच अवार्ड, मुख्यमन्त्रीले गरिन् ट्विट

00-Lakshmir-Bhandar

कोलकाता: राज्य सरकारले महिलाहरूलाई आर्थिक सहायता प्रदान गर्न शुरु गरेको योजना लक्ष्मी भण्डारले स्कोच अवार्ड प्राप्त गरेको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएकी हुन्। महिला तथा बाल कल्याण विभागले यो प्लेटिनम अवार्ड प्राप्त गरेको हो। यो योजना कोविड अवधिमा प्रत्येक महिना महिलाहरूलाई नगद दिनको लागि शुरु गरिएको थियो। यसअन्तर्गत बैंक खातामा अनुसूचित जाति-जनजाति महिलाहरूलाई मासिक १००० रुपियाँ र सामान्य जातिका महिलाहरूलाई मासिक ५०० रुपियाँ दिइन्छ।

एक ट्वीटमा मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, ‘महिला तथा बाल कल्याण विभागले पश्चिम बङ्गाल सरकारको सामाजिक कल्याण योजना लक्ष्मी भण्डार योजनाको लागि स्कोच अवार्ड प्राप्त गर्यो। महिलालाई अधिकार दिएको छ। यो अवार्ड सरकारको मात्र नभई बङ्गालका एक करोड ८० लाख महिलाका लागि पनि होl’

About Author

Advertisement