लक्जरी कारमा चितुवाको छाला तस्करी, दुई पक्राउ

IMG-20240522-WA0277.jpg

अलिपुरद्वार: अलिपुरद्वारमा लक्जरी कारमा चितुवाको छाला तस्करी भइरहेको थियो। जल्दापाडा वन विभागका अधिकारीले छापा मारेर चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ।  दुवै आरोपी काेचबिहार जिल्लाका बासिन्दा हुन्। एकको नाम दिपङ्कर मण्डल र अर्कोको नाम तपस बर्मन हो। उनीहरु दुवैलाई मदारीहाटबाट पक्राउ गरिएको हो। अभियुक्तहरुलाई भोलि अदालतमा पेश गरिने छ।

About Author

Advertisement