रोहित शर्मापछि आकाश दीपलाई पनि चोट

IMG-20241222-WA0210

मेलबर्न: भारतीय कप्तान रोहित शर्मालाई देब्रे घुँड़ामा चोट लागेको लगत्तै पछि पेस बलर आकाश दीपलाई पनि अभ्यास सत्रको अवधि चोट लाग्यो। आकाश दीपले चाहिँ पछिबाट उनको चोट गम्भीर नरहेको अनि अष्ट्रेलियाविरुद्ध २६ दिसम्बरदेखि शुरु हुने चौथो टेस्ट म्याच अघि भारतीय टीम फिटनेससँग सम्बन्धित समस्यासँग नजुझिरहेको बताए। मेलबर्न क्रिकेट ग्राउण्डमा थ्रो डाउनको सामना गर्दा यी दुवै खेलाड़ीलाई चोट लागेको थियो। रोहितले देब्रे घुँड़ामा चोट लागे पनि अभ्यास जारी राखे तर पछिबाट फिजियोथेरेपिस्टले उनको उपचार गरे। उनले केही बेरसम्म कुर्सीमा बसेर उपचार गराए अनि मैदान बाहिर गए। रोहितको चोटको स्थितिबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन। यसबीच आकाश दीपले चाहिँ आफ्नो चोटलाई मामूली बताएका छन्।
आकाश दीपले भने, क्रिकेट खेल्दा मैदानमा यस्तो चोट लाग्नु मामूली कुरा हो। मेरो विचारमा अभ्यासको निम्ति तयार गरिएको विकेट सेतो बलको निम्ति थियो। यसैकारण केही बल तल रहिरहेको थियो। यसबाहेक अभ्यासको अवधि चोट लाग्नु साधारण कुरा हो। मेरो चोटलाई लिएर चिन्ता गर्ने कुनै कारण छैन। उल्लेखनीय छ, आफ्नो छोराको जन्मले गर्दा पहिलो टेस्ट खेल्न नसक्ने कप्तान रोहित अहिले खराब फर्ममा रहेका छन्। उनले गत दुईवटा टेस्ट म्याचमा रन बनाउन सकेका छैनन्। उनले अष्ट्रेलियामा अहिलेसम्म ३ वटा ईनिंग्समा केवल १९ रन बनाएका छन्।

About Author

Advertisement