रोहिणी ठाडो गाउँमा भागोप्रमोको सभा सम्पन्न

IMG-20240331-WA0327.jpg

खरसाङ: भागोप्रमो २५७ रोहिणी शाखा अन्तर्गत प्रशाखा गठनको कार्य शुरु गरिएको छ। यसै क्रममा शाखाद्वारा आज रोहिणी ठाडो गाउँ प्रशाखा घैयाबारी ग्राम पञ्चायत तीनको प्रधान सुष्मा वाइबाको सभापतित्वमा गठन गरियो। जसमा सभापति सरोज तामङ, उपसभापति सुजन माझी, सचिव संगम थिङ, सहसचिव गीता तामङ, कोषाध्यक्ष सन्तोष तामङ, आशिष तामङ, राजेश थिङ, राजु तामङ, उत्तम लामा, कमल ग्याबा, सेविका थिङ राधिका लामा, सुवास बम्जन, इन्द्र गोले, कुसल माझी, माइचाङ तामङ आदि बाह्र सदस्यीय कार्यकारिणी सदस्यहरू सर्वसम्मतिद्वारा चयन गरियो। सभामा शाखा उपसभापति राजु थिङ, शाखा सभापति बिकास गुरूङ,समष्टी नारी शक्ति सचिव आनिला राई, पञ्चायत प्रधान सुष्मा वाइबा आदिले वक्तव्य राखे।

वक्तहरूले नवगठित प्रशाखा समितिलाई शुभकामना साथै तन मनले चुनाउ प्रचारमा लागिपर्ने जोड दिए। भाजपाले हामीलाई धेरै ढाँट्यो,पन्ध्र वर्षसम्म केही गरेन,अब हामी हाम्रै भूमिपुत्र गोपाल लामालाई जिताउनुपर्छ भनी आह्वान गरे।

About Author

Advertisement