रोहिणी क्षेत्रको लागि छुट्टै ग्राम पञ्चायतको मांग

IMG-20220925-WA0155.jpg

खरसाङ: आज खरसाङ अन्तर्गत रोहिणीको झील परिसरमा रोहिणीको चौधवटा गाउँको प्रतिनिधिहरूलाई लिएर एउटा सभा सम्पन्न भएको छ। उक्त सभा प्रेम तामाङको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभामा सबैले आफ्नो आफ्नो सुझावहरू राखेपछि रोहिणी क्षेत्रको लागि छुट्टै ग्राम पञ्चायत हुनुपर्छ भनी मांग गरिएको छ। यसको लागि सबैले सभामा प्रस्ताव पारित गरेर सामाजिक रूपमा कार्य गर्न तथा रोहिणी क्षेत्रलाई छुट्टै ग्राम पञ्चायत बनाउन कार्य गर्नलाई अनि यस व्यवस्थाको मांगमा ज्ञापन र पत्रचार गर्ने निर्णय गरेको छ अनि ययसो लागि सामाजिक रूपमा रोहिणी नागरिक मञ्च गठन गर्ने निर्णय गरिएको छ। उक्त नागरिक मञ्चको संयोजकको रुपमा सौगत गुरुङलाई चयन गरेको छ। सभा विषयमा सुदिप गुरुङले पत्रकारहरूसित कुराकानी गर्दै हामी घैयाबारी ग्राम पञ्चायत अन्तर्गत पर्छौं तर अहिले पहाड़मा पञ्चायत चुनावको कुरा चलिरहेको छ र यसको लागि सीमांकनको कुरा चलिरहेको छ। यसै अनुरुप रोहिणी क्षेत्र पनि ग्राम पञ्चायत हुनलाई चाहिएको कुराहरू पुग्ने हुनाले आज हामीले सभा बसेर रोहिणी क्षेत्रको लागि छुट्टै ग्राम पञ्चायत हुनुपर्छ भनी मांग गरिने क यसको लागि कतिवटा क्याइटेरियाहरू पुग्ने बताएका छन्। उनले यसको हामीले आज रोहिणी नागरिक मञ्च गठन गरेको र यसको संयोजकको रुपमा सौगात गुरुङ चयन गरिएको जानकारी गराएका छन्। त्यसरी नै संयोजक सौगात गुरुङले आज हामीले छुट्टै ग्राम पञ्चायत हुनुपर्छ भनी मांग गर्नलाई सामाजिक रूपमा रोहिणी नागरिक मञ्च गठन गरेका छौं र भविष्यमा यस विषयमा अझ सभाहरू गरिने अनि ती सभामा सबैलाई उपस्थित भईदिने अनुरोध पनि गरेका छन्।

About Author

Advertisement