खरसाङ: क्राई एनजीओको आयोजनामा रोहिणी चियाबगानमा ‘‘विश्व बालश्रम विरोध दिवस’’ पालन गरियो। रोहिणी चियाबारीका बालबालिकाहरूले रोहिणी टोल प्लाजादेखि रोहिणी झिल परिसरसम्म बालश्रमविरुद्ध जनचेतना र्याली निकाले। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा गाडीधुरा पुलिस आउट पोष्टको ओसी सदाननकुमार झा उपस्थित थिए। नानीहरूलाई प्रोत्साहन र जनचेतनाको लागि र्याली गर्दै अनि यसमा ओसी सदाननकुमार झाले पनि सहभागी दिएका थिए। यस अवसरमा क्राई एनजीओकी कन्सल्टेन्ट शिक्षिका पूजा कालीकोटेले सम्पूर्ण समाजलाई सन्देश दिन्दै हरेक बालबालिकाहरुलाई समान शिक्षाको अधिकार दिनुपर्छ, सभ्य समाज निर्माणको पहिलो सिढ़ी नै सबैले शिक्षा पाउनुपर्छ भनी बताइन्। उनले हामीले बालश्रम बन्द गर्नुपर्छ, किनभने नानीहरू भोलिको भविष्य हुन् भनी बताएकी छन्। यस अवसरमा गाड़ीधुरा पुलिस आउट पोष्टको ओसी सदानन झाले पनि सम्बोधन गरेका थिए।










