रोयल एफसी घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको सेमी फाइनलमा प्रवेश

IMG-20260120-WA0155

खरसाङ: रोयल एफसी घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको सेमी फाइनलमा प्रवेश गरेको छ।‌ घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको आयोजनामा गत ३ जनवरीदेखि भईरहेको नगदराशि फुटबल टुर्नामेन्ट अन्तर्गत मंगलबार चौथो क्वाटर फाइनल खेल रोयल एफसी र खोपरेल एफसीमाझ सम्पन्न भएको छ। यस खेलको पहिलो हाफ निक्कै रोमाञ्चक भएको थियो। पहिलो हाफको खेल २-२ गोलको बराबरीमा समाप्त भएको थियो। पहिलो हाफमा पहिलो गोल रोयल एफसीको तर्फबाट जर्सी नम्बर ९ रोनिक राईले गरेका थिए भने खोपरेल एफसीको तर्फबाट लगत्तै जर्सी नम्बर १३ अभिषेक ठकुरीले गोल गरेर बराबरमा ल्याएका थिए। त्यसको केही झनमा फेरि रोयल एफसीको तर्फबाट जर्सी नम्बर ७ नयन तामाङले बढत बनाएका थिए भने लगत्तै खोप्रेल एफसीको तर्फबाट जर्सी नम्बर १३ अभिषेक ठकुरीले नै गोल गरेर फेरि खेल बराबरीमा ल्याएका थिए। यसको साथै पहिलो हाफको खेल २-२ गोलको बराबरीमा सकिएको थियो।‌ दोस्रो हाफको खेलमा भने रोयल एफसीको तर्फबाट २ गोल गरे पनि खोप्रेल एफसीको तर्फबाट कुनै गोल गर्न सकेन। दोस्रो हाफमा रोयल एफसीको तर्फबाट जर्सी नम्बर ५ विश्वास राई र जर्सी नम्बर ६ एन्थोनी छेत्रीले गोल गरेका थिए। यसरी रोयल एफसीले ४-२ को अन्तरले खेल जितेर सेमी फाइनलमा प्रवेश गरेको छ।‌ यस खेलमा म्यान अफ द म्याच रोयल एफसीको जर्सी नम्बर ६ एन्थोनी छेत्रीलाई चयन गरिएको छ। अब सेमी फाइनलमा रोयल एफसीको भीडन्त आगामी २४ जनवरीमा मिक्स अप बोइज खरसाङमाझ हुने भएको छ। पहिलो सेमीफाइनल खेल आगामी २३ जनवरीको दिन नयाँ कमान एफसी र चाँद एफसीमाझ सम्पन्न हुने भएको छ। आजको खेल विषयमा पत्रकारहरूसँग कुराकानी गर्दै घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको सचिव शंकु खवासले विस्तृत जानकारी गराएका छन्। उनले बताए अनुसार घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको आयोजनामा यसपाली दोस्रो संस्करणको‌ नगदराशि फुटबल टुर्नामेन्ट भईरहेको छ।

यस टुर्नामेन्टमा जम्मा १६ वटा टिमहरुले‌ सहभागिता जनाएका छन् अनि यस फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी १ फरवरीको दिन हुने भएको छ। यस नगदराशि फुटबल टुर्नामेन्टको विजेतालाई आकर्षक ट्रफिको साथमा डेढ लाख रुपियाँ र उप विजेतालाई ट्रफीसहित एक लाख रुपियाँ प्रदान गरिने भएको छ।

About Author

Advertisement