३१ अक्टोबरः अप्पर फागू स्पोर्ट्स एण्ड कल्चरल एसोसिएशन (यूएफएससीए)-को तत्त्वावधानमा आयोजित नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा दार्जीलिङ युनाइटेडले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। अप्पर फागू खेल मैदानमा सोमवार भएको म्याचमा दार्जीलिङ युनाइटेडले सिलगढ़ी युनाइटेड एफसी-लाई सडन डेथमा १२-११-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। विजेता टीमका शिव राउत (होल्डर)-लाई प्लेयर अव् द म्याच चयन गरियो। अब मंगलवार खेलिने म्याचमा यूजीएफए (गितडाब्लिंग) र डीएसए (दलसिंगपाड़ा)-बीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः ९ र ११ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल १४ नोभेम्बरमा हुनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको तर्फबाट हिमाल राणाले बताएका छन्।











