रोमाञ्चक जीतको साथ सेमिफाइनलमा पुग्यो एसआरएस यल्लो

IMG-20240925-WA0141

दार्जीलिङ: सेण्ट रोबर्ट्स स्कूल (एसआरएस), दार्जीलिङको आयोजनमा जारी पाँचौं सेण्ट रोबर्ट्स च्यालेञ्ज इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा आयोजक एसआरएस यल्लो टीमले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। मंगलवार खेलिएको टुर्नामेण्टको तेस्रो क्वार्टर फाइनल म्याचमा एसआरएस यल्लो टीमले मंगपूको शारदा हाई स्कूलविरुद्ध पेनल्टी शूटआउटमा ३-२-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। म्याच हारे पनि शारदा हाई स्कूलका प्रणीत तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो।

यस प्रतिष्ठित इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा दार्जीलिङ र वरिपरिको क्षेत्रबाट जम्मा २० वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल ३० सेप्टेम्बरमा खेलिनेछ।

About Author

Advertisement