३ अगस्तः सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा बुधवार अत्यन्तै रोमाञ्चक जीतको साथ परिमल स्पोर्टिंग क्लबले क्वार्टर फाइनलमा प्रवेश गऱ्यो । स्थानीय जोयधर रोय प्राथमिक पाठशाला मैदानमा खेलिएको टुर्नामेण्टको म्याचमा परिमल स्पोर्टिंग क्लबले साहुडांगी फूटबल क्लबलाई २-१-ले पराजित गऱ्यो। म्याचको मध्यान्तरसम्म साहुडांगी एफसी १ गोलले अघि रहेको थियो। त्यसपछि दोस्रो हाफ शुरु भएको ४ मिनटभित्र २ गोल गरी परिमल एससी-ले क्वार्टर फाइनलमा स्थान बनायो। अब बिहीवार खेलिने म्याचमा कञ्चनजंघा फूटबल क्लब (केएफसी) जूनियर र कालीझोड़ा युवा परिवारबीच भिड़न्त हुनेछ।










