रोंगचोंग: प्रगति युवा संघ गेम्स एण्ड स्पोर्ट्स कमिटी, रोंगचोंगको तत्त्वावधानमा आयोजित डी.बी. योगी स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्टमा बिहीवार एउटा प्री-क्वार्टर फाइनल म्याच खेलियो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग पब्लिक ग्राउण्डमा आज भएको म्याचमा लोवर सिटोंग युथ क्लब (एलएसवाईसी)-ले लंकू फूटबल क्लबविरुद्ध ३-२-ले रोमाञ्चक जीत हासिल गऱ्यो। विजेता टीमबाट चिन्लोप लेप्चाले १८औं र ४५औं मिनटमा २ गोल गरे। यसबाहेक साइमन खवासले १६औं मिनटमा गोल गरे। यसरी लंकू फूटबल क्लबबाट नोरजांग लेप्चाले ३५औं र ५७औं मिनटमा २ गोल गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल म्याच २ अक्टोबरमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









