रोपा २०१९ले जीटीएका कर्मचारीहरूलाई लाभ पुग्ने कुरामा सङ्गठन आशावादी

मिरिक: जीटीए कर्मचारी सङ्गठन मिरिक महकुमा समितिका संयोजक तथा केन्द्रिय सल्लाहकार कैलाश राईले रोपा २०१९ ले दागोपाप अनि जीटीए मा कार्यरत सम्पूर्ण पे बेण्ड कर्मचारीहरुलाई पनि यसको लाभ पुग्ने कुरामा सङ्गठन आशावादी रहेको बताए। आज मिरिकमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै तिनले जीटीए क्षेत्रका कर्मचारीहरुको हितमा लागू गरिदिएकोमा राज्यका मुख्यमन्त्री सुश्री ममता ब्यानर्जी अनि जीटीए प्रमुख कार्यापाल अनि थापाप्रति सम्पूर्ण कर्मचारीहरूको पक्षमा हार्दिक आभार व्यक्त गरेका छन्।

About Author

Advertisement