रोटरी क्लब खरसाङको वार्षिक कार्यक्रम सम्पन्न

IMG-20260323-WA0111

खरसाङ: रोटरी क्लब खरसाङले खरसाङको कप्तान सुरज शर्मा पथ (बाईपास) स्थित एउटा होटलमा आफ्नो बार्षिक कार्यक्रम सम्पन्न गरेको जानकारी प्राप्त भएको छ। प्रत्येक वर्ष डिस्ट्रिक्ट गवर्नरको अधिकारिक भ्रमणको अवसरमा रोटरी क्लबले अफ्नो वार्षिक कार्यक्रम आयोजन गर्ने गरेको बताइएको छ। समारोहको आरम्भमा क्लबका सदस्यहरू लगायत सेन्ट एन्थोनीस स्कूलका इन्टऱ्याक्टर क्लबका विद्यार्थीहरूद्वारा शिलङबाट आएका डिस्ट्रिक्ट गवर्नर डा. कामेश्वर सिंह इलाडबाम अनि एसिस्टेन्ट गवर्नर रोटरियन शोयता च्याटर्जीलाई टिका अनि खदार्पण गरी स्वागत जनाइएको थियो। कार्यक्रमको सञ्चालन क्लबकी पूर्वाध्यक्षा तथा एकल महिला सदस्य रोटरियन इन्दिरा भापा गुरुङले गरेकी थिए, कार्यक्रम सञ्चालनको क्रममा तिनले यो क्षणलाई आफ्नो व्यक्तिगत गर्ववोधको विषय बताइन्। क्लबका अध्यक्ष रोरियन नोएल क्षेत्रीले आफ्नो स्वागत भाषणमा रोटरीको लक्ष्यतर्फ आफ्नो क्लनको प्रतिवद्धता स्थापित गर्नमा डिस्ट्रिक्ट गवर्नर र एसिस्टेन्ट गवर्नरको भूमिका प्रति आभार व्यक्त गरे। स्वागत भाषणकै क्रममा डिस्ट्रिक्ट गवर्नरलाई नेपाली टोपी, पुष्पगुच्छा अनि उपहार प्रदान गरिएको थियो। यसै क्रममा क्लबका संस्थापक तथा वरिष्ठ सदस्य बालाराम राई अनि रोटरियन पासङ शेर्पालाई उनीहरूको लगातार सहयोग र प्रेरणाको निम्ति डा. इलाडबामको बाहुलीबाट नेपाली टोपी पहिराई सम्मान जनाइयो। क्लबका अर्का एक वरिष्ठ संस्थापक सदस्य खेमराज राई अस्वस्थताको कारण समारोहमा उपस्थित हुन नसकेत तथापि अर्यक्रममा उनलाई पनि सम्मान जनाइयो। कार्यक्रममा सेन्ट एन्थोनीस स्कूलका इन्टऱ्याक्ट क्लबका
विद्यार्थी कलाकारहरूद्वारा नृत्य प्रस्तुत गरिएको थियो। सचिव रोटरियन प्रशान्त प्रधानले आफ्नो वार्षिक रिपोर्ट साथै एक पावर पोइन्ट प्रेजेन्टेशन प्रस्तुत गरी क्लबको क्रियाकलापबारे विस्तृत जानकारी गराएका थिए। कार्यक्रमा रोटरियन बबी चचान अनि रोरियन वेतन तिवारीले आ-आफ्नो वक्तव्य राखेका थिए। रोटरियन बबी चचानले रोटरी केवल संस्था मात्र नभएर एक परिवार हो भन्ने विषयमाथि वक्तव्य पेश गरेका थिए भने रोटरियन चेतन तिवारीले आगामी वर्षको निम्ति क्लबले गर्नुपर्ने अविच्छिन्न परिकल्पना, निरन्तरता अनि दूरदर्शिता बारेमा प्रकाश पार्दै यसको निम्ति सामूहिक प्रयास साथै प्रत्येक सदस्यको सहयोग र समर्पणको आवश्यकताको निम्ति आह्वान गरेका थिए। एसिस्टेन्ट गवर्नर शोयता च्याटर्जीले आफ्नो सम्बोधनमा क्लबका गतिविधिहरूको प्रशंसा गर्दै सदस्यहरूलाई आगामी दिनहरूमा गर्नुपर्ने कार्यहरूको निम्ति उत्साह प्रदान गरेकी थिए। डिस्ट्रिक्ट गवर्नर डा. कामेश्वर सिंह इलाङबामले आफ्नो उत्साहजनक सम्भाषणमा रोटरीका मूल्यहरूप्रति क्लबको प्रतिवद्धता, सेवा, समर्पण र एकताको भावनादेखि आफू सन्तुष्ट र हर्षित बनेको बताए। तिनले आवश्यकता परेको खण्डमा रोटरी क्लब खरसाङको निम्ति सदैव उपलब्ध रहने आश्वासन पनि दिए। कार्यक्रममा वरिष्ठ संस्थापक सदस्य रोरियन पासङ शेर्पाद्वारा धन्यवाद ज्ञापन पेश गरिएको थियो। तिनले डिस्ट्रिक्ट गवर्नर, एसिस्टेन्ट गवर्नरप्रति कृतज्ञता प्रकट गर्दै समारोहलाई सफल तुल्याउन उपस्थित सेन्ट एन्थोनीस स्कूलका विद्यार्थी अनि शिक्षाकवर्गप्रति उनीहरूको सुन्दर नृत्य अनि रंगारंग अपक्रामको निम्ति क्लबको पक्षमा आभार प्रकट गरे भनी अध्यक्ष रोटरियन नोएल क्षेत्रीले बताए।

About Author

Advertisement