रोटरी क्लब अफ् गान्तोकद्वारा शिक्षक दिवस पालन, शिक्षकहरूलाई पुरस्कृत

IMG-20220908-WA0182.jpg

गान्तोक: गैरसरकारी सङ्गठन रोटरी क्लब अफ गान्तोक, साउथ ले ६ जना शिक्षकलाई पुरस्कार अलङ्कारको साथमा शिक्षक दिवस पालन गर्यो। राजधानीको एउटा होटलमा आयोजित कार्यक्रममा पूर्व शिक्षक तथा हाल नेपाली साहित्य परिषद, सिक्किमका अध्यक्ष रुद्र पौड्याल मुख्य अतिथिको रुपमा उपस्थित थिए। यस अवसरमा ५ जना शिक्षक शिक्षिकालाई नेशन बिल्डर अवार्ड प्रदान गरियो भने एकजनालाई शिक्षा सम्मानले सम्मानित गरियो। नेशन बिल्डर अवार्ड प्राप्त गर्ने शिक्षकहरमा तिकजेक सरकारी प्राथमिक पाठशालाकी श्रीमती अरुनिमा प्रधान, डेन्चुङ सरकारी प्राथमिक पाठशालाकी श्रीमती भूमिका राई, सौरेनी सरकारी प्राथमिक पाठशालाकी दीपक विश्वकर्मा, इञ्चे सरकारी वरिष्ट माध्यामिक विद्यालयकी सुस्मा तामाङ र बर्मेक टोकल सरकारी वरिष्ट माध्यामिक विद्यालयका सञ्चवीर सुब्बा रहेका छन्।

रोटरी क्लब अफ गान्तोक, साउथका अध्यक्ष रोटरियन गीता छेत्रीले जानकारी गराएअनुसार यस पुरस्कारको निम्ति शिक्षकहरूको चयन सम्बन्धित विद्यालयका विद्यार्थीहरूले नै गरेका हुन्। यसरी नै आजको कार्यक्रममा एकजना भूतपूर्व शिक्षिका श्रीमती रिता राईलाई शिक्षा सम्मानले सम्मानिित गरियो। परस्कार ग्रहण गरेपछि कार्यक्रममा छोटो सम्बोधन राख्दै श्रीमती अरुनिमा प्रधानले यस पुरस्कारले आफुहरूलाई थप ऊर्जा प्रदान गर्नेछ भन्दै रोटरी क्लब अफ गान्तोक, साउथलाई धन्यवाद दिए।

यसरी नै आफ्नो आतिथ्य सम्बोधनमा रुद्र पौड्यालले पनि शिक्षकहरूको योगदानको कदर गर्दै यसरी सम्मान कार्यक्रम आयोजना गरेकोमा आयोजक पक्षलाई धन्यवाद दिए। यस अघि रोटरी क्लब अफ गान्तोक, साउथका महासचिव रोटरियन किरण रसाइलीले कार्यक्रममा मुख्य अतिथिको परिचय दिएका थिए।

About Author

Advertisement