रोङ्गोमा गिरी जयन्ती पालन गरिने

IMG-20241223-WA0226

तेस्रो आर बी छेत्री स्मृति पुरस्कार कवि गीतकार उज्ज्वल बमजनलाई प्रदान गरिने

जलढका: विगतका वर्षहरूमा झैँ यो वर्ष पनि रोङ्गोमा गिरी जयन्ती भव्य रूपमा सम्पन्न हुने जानकारी प्राप्त भएको छ। आउँदो २७ दिसम्बरमा अपराह्न 12:30 बजे आरम्भ हुने उक्त कार्यक्रममा कवि तथा भाषा संग्रामको इतिहास लेखक वरिष्ठ साहित्यकार सुवास सोताङ प्रमुख अतिथिका रूपमा उपस्थित रहनेछन् भने कार्यक्रमको सभापतित्व रोङ्गो उच्चत्तर माध्यमिक विद्यालयका शिक्षक प्रभारी सुवास राईले निर्वाह गर्नेछन्। जातीय कवि गिरीमाथि वार्ता, कवि गोष्ठी, गीत तथा नृत्य, सम्बर्द्धना कार्यक्रम लगायत संगीत समूह रोङ्गोको विशेष सांगीतिक प्रस्तुति रहनेछ। उक्त कार्यक्रममा क्षेत्रका स्मरणीय साहित्य सर्जक स्व. आर बी छेत्रीको परिवारद्वारा प्रायोजित “स्व. आर. बी. छेत्री स्मृति पुरस्कार २०२४” गैरीबास बिखबारी निवासी तथा हाल कालेबुङ एसयुएमआईका शिक्षक विचलन कवि तथा गीतकार उज्ज्वल बमजनलाई प्रदान गरिने जुरीहरूका निर्णयलाई आयोजक मण्डलीको पक्षमा सभापति जय क्याक्टस अनि सचिव पारस भुजेलले घोषणा गरेका छन्। उनले  प्रथम चन्द्रकला प्रधान पुरस्कार- पेदोङबाट सन् २०२१ प्राप्त गरिसकेका छन् भने विभिन्न संघसंस्थाबाट सम्मानित पनि बनिसकेका छन्।

एम ए/ बी एड सम्म शिक्षार्जन गरेका बमजनका प्रकाशित कृतिहरू यस प्रकार छन्:

  • रोजा( कविता संग्रह-१९९५)
  • पुनरुत्थान क्रान्तिको(कविता संग्रह—२००७)
  • नयाँ दार्जीलिङ (कविता संग्रह-२००७)
  • गीतकारको  रुपमा
  • मायाको मात- एल्बम
  • सेन्तेरेम- एल्बम
  • मनभित्रको मन- एल्बम स्मृति

About Author

Advertisement