रोङ्गे छोङ्गे युमी छोगपामा हर घर तिरङ्गा अभियानक आरम्भ

IMG-20220801-WA0196.jpg

गान्तोक: हर घर तिरङ्गा अभियान अन्तर्गत आज रोङ्गेको रोङ्गे छोङ्गे युमी छोगपा सामाजिक संस्थाले आफ्नो कार्यालयमा राष्ट्रिय झण्डा वितरण कार्यक्रम आयोजन गर्‍यो। यो कार्यक्रममा समाजसेवी तथा स्यारी निर्वाचन क्षेत्रका मुख्य संयोजक टेम्पो ग्यात्सो लेप्चा र सीएलसी अध्यक्ष लाक्पा कागतेको विशेष उपस्थिति थियो। कार्यक्रमको आराम्भमा रोङ्गे छोङ्गे युमी छोगपा सामाजिक संस्थाका सल्लाहकार रिञ्जिङ वाङचुक काछोपाले देश स्वतन्त्रको ७५औ वर्षको अवसरमा अमृत महोत्सवलाई पालन गर्दै हर घर तिरङ्गा अभियान अन्तर्गत आज छोगपाका प्रत्येक सदस्यहरुलाई राष्ट्रिय झण्डा वितरण गरिएको जानकारी गराउँदै स्थानीय गाउँलेहरुलाई यस अभियानको महत्त्व बारे अवगत गराउने बताए। कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थित रहेका समाजसेवी तथा स्यारी निर्वाचन क्षेत्रका मुख्य संयोजक टेम्पो ग्यात्सो लेप्चाको बाहुलीद्वारा रोङ्गे छोङ्गे युमी छोगपा सामाजिक संस्थाका प्रत्येक सदस्यहरुलाई राष्ट्रिय झण्डा वितरण गरेर रोङ्गेमा हर घर तिरङ्गा अभियानको आराम्भ गरे। यस कार्यक्रममा स्थानीय ग्राम पञ्चायत सदस्य शङ्कर छेत्रीको पनि उपस्थिति थियो।

About Author

Advertisement