दार्जीलिङ: दार्जीलिङ नगरपालिकाले पेस्ट कन्ट्रोल गर्नलाई प्राइभेट ऐजेन्सीसंग मिलेर काम गर्ने भएको छ। दार्जीलिङ नगरपालिकाको सफाई विभागीय नगरपार्षद दिपेन ठकुरीले दार्जीलिङ शहरलाई पेस्ट कन्ट्रोल गर्नलाई नगरपालिकाले प्राइभेट ऐजेन्सीसँग मिलेर काम गर्ने निर्णय लिएको जानकारी गराए। उनले अघि भने दार्जीलिङ एक पर्यटन स्थल भएको हुनाले यहाँ देश विदेशहरूका पर्यटकहरू घूम्न आउने गर्छन्। शहरको विभिन्न क्षेत्रहरूमा होटल, रेस्टुरेन्ट आदि धेरै रहेको हुनाले यहाँ पेस्ट कन्ट्रोल हुन अति नै जरूरी रहेको पालिकाले अनुभव गरेपछि गत केही दिन अघि बोर्ड अफ् काउन्सिलको बैठक डाकिएको थियो। उक्त बैठकमा पक्ष विपक्षका नगरपार्षदहरूले अंश ग्रहण गरेका थिए। दार्जीलिङमा बढ्दो फोहोर मैला आदि जस्ता कारणहरूले गर्दा झींगा आदिको कारणले गर्दा मानिसहरू विमार हुने भएको हुनाले शहरलाई पेस्ट कन्ट्रोल गर्ने कार्य निर्णय लिएको जानकारी गराए। दार्जीलिङ नगरपालिकाले पेस्ट कन्ट्रोल कार्यक्रम एक्लै गर्न नसक्ने भएकोले प्राइभेट एजेन्सीसँग मिलेर काम गर्ने निर्णय लिएको विभागीय नगरपार्षद ठकुरीले बताए। दार्जीलिङ नगरपालिका अन्तर्गत जे जति पनि होटल, रेस्टुरेन्टहरू छन् ती सबैको क्षेत्रफल हेरेर राशि तय गरिनेछ अनि ती राशि भूक्तान गरीदिने अनुरोध विभागीय नगरपार्षद ठकुरीले बताए। उनले भने, तपाईहरूको सहयोगले दार्जीलिङ नगरपालिका क्षेत्रलाई पेस्ट कन्ट्रोल क्षेत्र बनाउन सकिनेछ। विभागीय नगरपार्षद दिपेन ठकुरीसंग नगरपार्षद विष्णु मल्ल, विक्की लामा, गणेश प्रधान सामेल थिए।









