रे-भ्याल्ली स्कूलद्वारा ‘बालमैत्री’ सार्वजनिक

IMG-20230821-WA0322.jpg

गान्तोक: ३२औं नेपाली भाषा मान्यता दिवसको अवसरमा रे-भ्याल्ली इन्टरनेश्नल स्कूलले नेपाली पाठ्यपुस्तक ‘बालमैत्री’ सार्वजनिक गऱ्यो। सोमबार ६ माईलस्थित स्कूल परिसरमा आयोजित एक भव्य कार्यक्रममा वरिष्ठ पत्रकार अनिता निरौला मुख्य अतिथिका रुपमा उपस्थित थिइन्। स्कूलले पहिलोपल्ट प्रकाशित गरेको पाठ्यपुस्त प्रथम श्रेणीका विद्यार्थीहरुका लागि हो। कार्यक्रमका मुख्य अतिथि पत्रकार श्रीमती निरौलाले पुस्तक आधिकारिकरुपमा सार्वजनिक गरेकी थिइन। आफ्नो सम्बोधनमा उनले रे-भ्याल्ली स्कूलले पहिलोपल्ट आफ्ना विद्यार्थीहरुका लागि पाठ्यपुस्तक प्रकाशित गरेर इतिहास रचेको बताइन्। यसभन्दा अघि कुनै स्कूलले आफ्ना विद्यार्थीहरुका लागि पाठ्यपुस्तक तयार गरेको थाह नपाएको उल्लेख गरिन्। उनले विद्यार्थीहरुमा नेपाली भाषाप्रतिको रुचि बढ़ाउन विभिन्न प्रकारका खेलकुद, साहित्य लगायत अन्य गतिविधिमाथि काम गर्नुपर्ने सुझाउ राखिन्। यो पुस्तक सावित्री प्रधान एडुकेशनल च्यारिटेबर ट्रष्टले प्रकाशित गरेको हो। यसअवसरमा ट्रष्टकी सेटलर पीके प्रधानले ट्रष्टद्वारा सञ्चालित गतिविधिबारे जानकारी गराए। स्कूलले यस प्रकारको सिर्जनात्मक गतिविधिलाई सक्रियता दिनुपर्ने बताए। उक्त पाठ्यपुस्तकका सम्पादकद्वय स्कूलकै शिक्षिका नम्रता थामी गुरुङ र स्मिथा प्रधान हुन्। सम्पादक नम्रता थामी गुरुङले सञ्चालन गरेको कार्यक्रममा उऩले नेपाली भाषाको पठन पाठनमा स्कूलले गर्दै आएको गतिविधिबारे जानकारी गराइन्।पुस्तकको आवरण अर्का शिक्षिका करिश्मा प्रधानले गरेकी हुन्। कार्यक्रममा ट्ष्टका अध्यक्ष जयश्री प्रधान, बोर्ड सदस्य प्रशान्त प्रधान, स्कूलका एकाडेमिक कोअर्डिनेटर अरुणा प्रधान एडमिनिश्ट्रिभ कोअर्डिनेटर क्रिष्टोफ वोङ लगायत शिक्षकहरु र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो।

About Author

Advertisement