रेसेप बजार कल्याण समितिद्वारा सीसीटीभी जडान

man-2-1024x576.jpg

रेसेप: आज रेसेप बजार कल्याण समिति अध्यक्ष भुपेन राईको अध्यक्षतामा सप्पन्न कार्यक्रममा नै प्रमुख अतिथि मङपू सिबिल कोडका जज जैदुल ईस्लामको बाहुलीबाट सीसीटीभी जडानको उद्घाटन गरियो।
सुरेन्द्र थीङले संचालन गरेको समारोहमा संस्थाका सदस्य बजेन शेर्पा सीसीटी जडान गरेपछि संस्था तयार गरेको नियमहरुबारे स्थानीयबासीले कसरी पालन गर्नु पारेमा पठन गरेर सुनाए। साईवर क्राईमबाट कसरी बाँच्न सकिन्छ भन्ने बारेमा साईवर क्राईम दार्जिलिङबाट आएका पुलिस अधिकारी सौरभ बिश्वास अनि गौरभ सार्कीले स्थानीयबासी अनि विधार्थीगणलाई अवगत गराए। यसरी मङपू आउट पोस्ट प्रभारी एसआई बिजय थामीले मङपूलाई ड्रग्समुक्त राख्न स्थानीयबासी सबैले पुलिस प्रशासनलाई सहयोग गरिदिने अपील गर्दै, रेसेप बजार कल्याण समितिले रेसेप बजारमा सीसीटीभी जडान गरिएकोमा आभार ब्यक्त गरे।एसआई बिजय थामीले रेसेप बजार कल्याण समितिले जस्तै मङपू वरिपरि गाउँका समाज संघसंस्थाले पनि आआफ्नो क्षेत्रमा सीसीटीभी जडान गरिदिने अनुरोध गर्दै सीसीटीभी जडान गर्नाले थुप्रै क्राईम हुनुबाट रोकथाम हुन सक्ने कुरा जनाए। स्मरण रहोस् २०१० सालमा स्थापीत भएको रेसेप बजार कल्याण समितिले यस क्षेत्रको बासीन्दाहरुको सुबिधालाई मध्यनजर राख्दै अघिबाट नै स्ट्रीट लाईट जडान गरि सकेका छन् भने संस्थाले श्मशान घाट निर्माण; बृक्षरोपन, साफ-सफाई अनि कोरोनाकालमा थुप्रै सेवामुलक कामहरु गर्दै आज आफ्नै क्षेत्रमा १२वाट सीसीटीभी पनि जडान गर्न सक्षम बनेका छ्न। अन्त्यमा आजको कार्यक्रममा उपस्थिति दिनुहुने अनि सीसीटीभी जडान गर्न सहयोग गर्ने दाताहरुलाई संस्थाका सचिव सन्जीब देवानले आभार ब्यक्त गरे।

About Author

Advertisement