रेल मन्त्रीसँगै सांसद विष्टद्वारा एनजेपीमा जारी विकासात्मक कार्यको निरीक्षण

FB_IMG_1768586501591

सिलगढी: आज दार्जिलिङ लोकसभा सांसद राजु विष्टले रेल मन्त्री अश्विनी वैष्णवसँगै एनजेपीमा जारी विकासात्मक कार्यको निरीक्षण गरे जुन अमृत भारत स्टेशन योजना अन्तर्गत सम्पन्न भइरहेको छ।
सामाजिक संजाल मार्फत विष्टले यो रूपान्तरणकारी परियोजना, जुन पूर्ण रूपमा केन्द्र सरकारले करिब ₹५०० करोड लगानीमा सञ्चालन गर्दैछ भने। उनले एनजेपीलाई एक विश्वस्तरीय सुविधा बनाइने र यसले दार्जिलिङ पहाड, तराई, डुवार्स, उत्तर बंगाल र पूर्वोत्तर क्षेत्रका जनतालाई अझ उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य राखेको बताए।
सांसदले यस परियोजनाले स्टेशनको क्षमता वर्तमानमा दैनिक ६०,००० यात्रुबाट बढाएर १.२ लाख यात्रु प्रतिदिन पुर्‍याउनेछ भने। उनले यो विस्तार हाम्रो क्षेत्रमा बढ्दो यात्रा मागलाई व्यवस्थापन गर्न र यात्रुहरूको लागि सहज, प्रभावकारी सञ्चालन सुनिश्चित गर्न अत्यन्तै महत्वपूर्ण रहेको जनाए।
भोलि, माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी जीले पश्चिम बंगालमा करिब १२ वटा ट्रेनको झण्डा फहराउने कार्यक्रम गर्दैछन्, जसमा भारतको पहिलो वन्दे भारत स्लीपर ट्रेन पनि समावेश गरिनेछ।

About Author

Advertisement