रेलिङ्ग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा आयोजित रेलिङ्ग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको तेस्रो सीजनमा बिजनबारी फूटबल क्लब (बीएफसी)-ले सेमिफाइनलमा स्थान बनायो। आइतवार खेलिएको पहिलो क्वार्टर फाइनल म्याचमा बिजनबारी एफसी-ले कालेबुङ पुलिसलाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट अमन थापा, करण थापा, आदर्श लामा र फ्रेंकोले १-१ गोल गरे। यसरी नै कालेबुङ पुलिसबाट रोहन (मेस्सी) तामाङले गोल गरे। रोहन तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा जम्मा १६ वटा नामी-दामी टीमहरूलाई प्रवेश दिइएको छ। दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल २५ जनवरीमा हुनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।











