सिलगढी: रेलवे कन्ट्र्याक्टर्स लेबर युनियन उत्तरबंग शाखाले आज विविध मागलाई लिएर रेलवे अधिकारीलाई एउटा ज्ञापन पत्र चढायो। पश्चिमबंग रेलवे कन्ट्र्याक्टर्स लेबर युनयिनले आज रेलवेका अस्थायी कर्मचारीहरूलाई स्थायीकरण गरिनुपर्ने, रिक्त पदमा कर्मचारी नियुक्त गरिनुपर्ने लगायत रेलवे विभागलाई निजीकरण गर्ने योजनाको विरोधमा राज्यका सबै डीआरएम अफिस एवम् रेलवे विभागको अन्य कार्यालयका अधिकारीहरूलाई ज्ञापन पत्र चढाउने आहवान गरेको छ। संगठनका दिवस चौबेले बताए अनुसार संगठनको राज्य तथा केन्द्र कमिटीले राज्यको सबै रेलवे विभागलाई ज्ञापन पत्र चढाउने आहवान गरेअनुसार आज आफूहरूले एनजेपीका रेल अधिकारीसित भेट गरेर एउटा ज्ञापन पत्र चढाएको हो।








