रेलवेले सिलगढी जंक्शन बाहिर पार्किङ बनाउने

IMG-20230208-WA0026.jpg

व्यवसायीले पुन स्थापनाको माग गरे

सिलगढी: रेलवेले सिलगढी जक्शन रेलवे स्टेशन बाहिर पार्किङ बनाउनेछ। तर त्यसका लागि अस्थायी व्यापारीलाई हटाउनु पर्छ। ती व्यापारीहरूको पुनर्स्थापनाको माग गर्दै व्यापारी संघको तर्फबाट आवाज उठेको थियो। बुधबार दिउँसो रेलवेले सो क्षेत्रमा सर्वेक्षणको काम सुरु गरेको हो। त्यसबेला बृहत् खुद्रा व्यापारी संघका अध्यक्ष परिमल मित्र, सचिव विप्लव रोय मुहुरी, वडा नम्बर १ का पार्षद सञ्जय पाठकलगायत त्यहाँ पुगेर उक्त क्षेत्रका व्यवसाय पुनःस्थापनाको माग राखेका थिए। उनले रेलवे अधिकारीहरूसँगै सम्पूर्ण क्षेत्रको भ्रमण समेत गरेका थिए।

अनैतिक रुपमा व्यापारीलाई निष्कासन गर्न नसकिने उनीहरुको दाबी छ। यदि उनीहरूलाई यहाँबाट हटाइयो भने, उनीहरूलाई पुनर्स्थापना गर्नुपर्छ। अर्कोतर्फ, पूर्वोत्तर सीमा रेलवेको कटिहार डिभिजनका आईआरएसईई कमल सिंहले भने कि अहिले पार्किङको लागि ठाउँ खोजी भइरहेको छ। सबैसँग छलफल गरेर यो काम सुरु गरिनेछ।

About Author

Advertisement