नयाँ दिल्ली: बालासोरमा रेल दुर्घटना पछि सुब्रमण्यम स्वामीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि कडा आलोचना गरेका छन्। स्वामीले भने, ‘प्रधानमन्त्री मोदी असक्षम व्यक्तिहरूलाई भर्ती गर्नका लागि विश्वभर प्रसिद्ध छन्। रेल मन्त्री अश्विनी वैष्णवको सहमति बिना नै राजीनामा दिनुपर्छl’ ओडिशाको बालासोरमा भएको रेल दुर्घटनापछि उनको प्रतिक्रिया आएको हो। सुब्रमण्यम स्वामीले दुर्घटनाको लागि रेलको लिकमाथि प्रश्न उठाएका छन्। स्वामीले ट्विट गर्दै लेखेका छन्– ‘अब हामीलाई थाहा छ, अगाडिबाट आउँदै गरेको रेलसँग ठोक्किएर लिकबाट खसेको थियो त्यसलाई त्यस लिकमा आउन अनुमति थिएन, किनभने ती लिकहरू कम रफ्तारमा चल्ने रेलका लागि थिए। रेलमन्त्रीले प्रधानमन्त्रीको ‘हुन्छ’ को प्रतीक्षा नगरी राजीनामा दिनुपर्छl’
प्रधानमन्त्रीको आलोचना गर्दै सुब्रमण्यम स्वामीले भने, ‘यसमा कुनै शङ्का छैन, प्रधानमन्त्री मोदी असक्षम मानिसहरूलाई भर्ती गर्ने वा मेरुदण्डविहीन सक्षम चेलाहरूलाई मन्त्री बनाएर विश्वभर प्रसिद्ध छन्। यसको मूल्य प्रधानमन्त्रीले चुकाउनु भएको छ। एक वफादार शिष्यलाई आदेश दिनुको कारण मणिपुर यसको अर्को उदाहरण होl’ ओडिशाको बालासोरमा शनिबार एउटै लिकमा तीनवटा रेल एक आपसमा ठोक्किएका थिए। यस दुर्घटनामा २८८ जनाको ज्यान गएको छ। करिब ९०० जना घाइते भएका छन्। रेलमार्ग पुनर्निर्माणको काम अझै जारी छ।









