रेलको धक्काले एक व्यक्तिको मृत्यु

0-091c7d89-7ced-48dc-9cc7-c5ae05ecaaf2

कालचिनी: मङ्गलबारअपरान्ह समय एउटा दुरगामी रेलको धक्काले कालचिनी मोदी लाइन निवासी एकजना बासिन्दाको मृत्यु भएको घटनाले कालचिनी क्षेत्रमा सनसनी मच्चियो। प्राप्त जानकारीअनुसार मङ्गलबार अपरान्ह समय प्रायः २ बजे कालचिनी रेल स्टेशन सेडको केही दुरत्वमा सम्भवत रेलको लाईन पार गर्ने क्रममा मोदी लाइन निवासी रामकुमार साह उमेर प्रायः ६८ को रेलको धक्काले मर्मान्तिक मृत्यु भयो। घटनास्थलमा आरपीएफ र कालचिनी थानाको पुलिसबल पुगेर निरीक्षण गरेपछि आरपीएफ र जीआरपीको पहलमा शव उद्धार गरिएको रेलवे स्रोतले बताएको छ। स्थानीय बासिन्दाहरुकाअनुसार रामकुमार साह कालचिनी रेल स्टेशन संलग्न सब्जी बजारमा मरमसलाको पसल चलाउँदै आइरहेका थिएl तर मङ्गलबार अचानक उनको मृत्यु रेलको धक्काले हुँदा सबै दु:खित बनेका छन्।

About Author

Advertisement