सिलगढी: सिलगढीको मटिगढा क्षेत्रमा सिटी सेन्टर अगाडि रेलको ठक्करबाट एकजना युवकको मृत्यु भएको छ। रेलवे पुलिस र मटिगढा थानाले घटनास्थलमा पुगेर शवलाई पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाएको छ। गएराति भएको घटनापछि उक्त क्षेत्रमा चर्को तनाव देखिएको थियो।









