‘रेन्बो प्राइड वक’ आयोजना

IMG_20220601_213547.jpg

मंगन। रिङहिम नामपतम जीपीयूको ग्रामीण स्तरीय बाल संसदले गौरव महिनाको पहिलो दिन पालन गऱ्यो। यस अवसरमा नर्थ सिक्किम एकाडेमी, मंगन बजारदेखि पेन्टोक जिल्ला प्रशासनिक केन्द्रसम्म ‘रेन्बो प्राइड वक’ आयोजन गरियो।
जिल्ला स्तरीय बाल सांसद तेन्जिङ लाचेनपाले प्राइड वक आयोजन गर्नुको उद्देश्यमाथि प्रकाश पार्दै सबैका लागि एउटा समान समाज निर्माण गर्न हाम्रो मनबाट सबै पूर्वाग्रह र भेदभावहरू हटाउनु पर्छ भनी बताइन्। लैङ्गिक समानता मन्त्री सोनाम लाचुङ्गपाले समाजमा लैङ्गिक भेदभाव बिना सबैलाई समान दर्ता प्रदान गरिनु पर्छ र समान व्यवहार गरिनु पर्छ भने। आज सबै बाल सांसदहरू सबैका लागि समान अधिकारको निम्ति उभिएका थिए।

ग्रामीण स्तरीय बाल सांसद बालबालिकाहरूको सहभागिताको अधिकार सुनिश्चित गर्न मंगन जिल्लाको जिल्ला बाल सुरक्षा एकाईले उपलब्ध गराएको एउटा फोरम रहेको बताइएको छ।

About Author

Advertisement