रिहाईको मागमा एआईडीएसओ द्वारा विरोध प्रदर्शन

19-51-26-eaf07579-c650-4d1e-ac74-3c03a5032161.jpg

सिलगढी: एआईडीएसओले सिलगढीमा पनि शिक्षा क्षेत्रमा शुल्क विरोधी आन्दोलनकारीहरुलाई बिना शर्त रिहाई गर्ने मागमा विरोध प्रदर्शन गर्यो। संगठनको तर्फबाट आज सिलगढीको बाघाजतीन पार्क संलग्न इलाकामा एउटा विरोध रयाली निकालिइयो।घनघोर वर्षाको पर्वाह नगरी संगठनका सदस्यहरूले उक्त विरोध रयालीमा अंश ग्रहण गरेका थिए। यस सम्बन्धमा एआईडीएसओ को राज्य सचिव मण्डलीका सदस्य आतिश बोसले भने, छात्र आन्दोलन देखेर सरकार डराइरहेकोले गर्दा नै आन्दोलन रोक्ने प्रयास गरिरहेको छ। जबसम्म शिक्षाको क्षेत्रमा फिस वृद्धि बन्द गरिँदैन तबसम्म आफूहरूको आन्दोलन जारी रहने तिनले बताए।

About Author

Advertisement