रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो स्पेनिस सुपर कपको उपाधि

Real Medrid

जैधा : स्पेनिस सुपर कपको फाइनल खेलमा रियल म्याड्रिडलाई ३–२ ले पराजित गर्दै बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ। यो फाइनलमा उपाधि जितेसँगै बार्सिलोनाले १६ औँ पटक स्पेनिस सुपर कपको उपाधि जितेको हो।

साउदी अरेबीयाको जेधामा भएको फाइनल खेलमा बार्सिलोनाले लगातार दोस्रो पटक स्पेनिस सुपर कपको उपाधि जितेको हो। पछिल्लो फाइनलमा पनि बार्सिलोनाले रियल म्याड्रिडलाई हराएको थियो।
पहिलो हाफमा २–२ बराबरीको स्थितिमा रहेको खेलमा खेलको ७३ औँ मिनेटमा रापिन्हाले गरेको व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल नै निर्णायक सावित भयो।
पहिलो हाफमा बार्सिलोनाका लागि ३६ औँ मिनेटमा रापिन्हाले गोल गर्दै खेलमा अग्रता बनाएका थिए। जसको जवाफमा रियल म्याड्रिडका भिनिसियस जुनियरले पहिलो हाफको थप गरिएको समयको दोस्रो मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

थप गरिएको चौथो मिनेटमा बार्सिलोनाका लागि रोर्बट लेबान्डोस्किले गोल गरेका थिए। त्यसको जवाफमा पहिलो हाफको थप गरिएको छैटौं मिनेटमा गोन्जालो गार्सियाले गोल गर्दै खेलको पहिलो हाफ २–२ बराबरीमा सकिएको थियो।

About Author

Advertisement