रियल म्याड्रिडलाई पराजित गरी स्पेनिस सुपर कपमा बार्सिलोना च्याम्पियन

IMG-20260112-WA0071

जेद्दा: एफसी बार्सिलोनाले चीरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई पराजित गरी लगातार दोस्रोपल्ट स्पेनिश सुपर कपको खिताब जित्यो। आइतवार राति जेद्दाको किंग अब्दुल्लाह स्पोर्ट्स सिटीमा खेलिएको टुर्नामेण्टको फाइनलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३-२-ले पराजित गऱ्यो। बार्सिलोनाले गत वर्ष पनि रियललाई पराजित गरी ट्रफी जितेको थियो अनि समग्रमा टीमले १६औं पल्ट टुर्नामेण्टको खिताब जित्यो। म्याचमा ७१ प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनाको निम्ति ब्राजीलका फरवर्ड राफिन्हा नायक रहे, जसमा म्याचमा २ गोल गरे। उनले म्याचको ३६औं मिनटमा बार्सिलोनाको निम्ति पहिलो गोल गरे। त्यसपछि मध्यान्तर अघि इञ्ज्युरी टाइमको खेल नाटकीय रह्यो, जसमा जम्मा ३ गोल भयो। इञ्ज्युरी टाइमको दोस्रो मिनटमा विनिसियस जूनियरले रियल म्याड्रिडलाई १-१-को बराबरीमा पुऱ्याए। त्यसको २ मिनटपछि रोबर्ट लेवाण्डोस्कीले बार्सिलोनालाई फेरि बढ़त दिलाए तर इञ्ज्युरी टाइमकै सातौं मिनटमा गोञ्जालो गार्सियाले गोल गरी रियल म्याड्रिडलाई फेरि बराबरीमा पुऱ्याए। रोमाञ्चक पहिलो हाफको खेलपछि दोस्रो हाफमा पनि २ टीमबीच रोचक प्रतिस्पर्धा देखियो। चरम रोमाञ्चक खेलबीच राफिन्हाले ७३औं मिनटमा बार्सिलोनाको निम्ति तेस्रो गोल गरे। अन्तमा त्यही गोल निर्णायक साबित भयो। म्याचको अन्तिम क्षणमा बार्सिलोनाका फरवर्ड फ्रेंकी डी जोंगलाई रेड कार्ड देखाइयो। यसरी बार्सिलोनाले लगातार १० वटा म्याच जितेको छ। टीमले अन्तिमपल्ट गत वर्ष नोभेम्बरमा च्याम्पियन्स लीगको म्याचमा चेल्सीविरुद्ध हारको सामना गर्नु परेको थियो। यसरी बार्सिलोनाले २६ अक्टोबरपछि रियल म्याड्रिडविरुद्ध एउटा म्याच पनि गुमाएको छैन। ४ वटा टीमले हिस्सा लिने स्पेनिश सुपर कपको आयोजन सऊदी अरबले २०२०-देखि गरिरहेको छ अनि स्पेनिस फूटबल फेडरेशनले यस अनुबन्धलाई २०२९-सम्म बढ़ाएको छ।

About Author

Advertisement