रियल म्याड्रिडमा फर्किएर काम शुरु गरे मोरिन्होले

IMG-20260714-WA0052

म्याड्रिड: लगभग १३ सालपछि जोस मोरिन्होले रियल म्याड्रिडको मुख्य प्रशिक्षकको रूपमा आफ्नो दोस्रो कार्यकालको शुरुवात गरेका छन्। वाल्देबेबास ट्रेनिंग सेण्टरमा टीमको प्री-सीजन सत्रको साथ उनले नयाँ अभियानको शुरुवात गरेका छन्। जूड बेलिंघम र किलियन एम्बाप्पे जस्ता धेरै स्टार खेलाड़ीहरू अहिले फिफा वर्ल्ड कपमा व्यस्त छन्। यसैकारण मोरिन्होले अहिले पूरा टीमसँग काम गर्ने मौका पाउनेछैनन्। रियल म्याड्रिड टीभी-सँग कुराकानीको क्रममा मोरिन्होले उनको योजना केवल पहिलो अभ्यास सत्रसँग शुरु नभएको बताए। उनले भने, म आज पहिलोपल्ट यहाँ आएको होइन अनि अहिलेदेखि नै सबैथोक शुरु भइरहेको छ। हामी क्लबको अलग-अलग विभागसँग लामो समयदेखि तयारी गरिरहेका छौं। मोरिन्होले रियल म्याड्रिडमा फर्किनुलाई उनको निम्ति खास जिम्मेवारी बताए। उनले भने, यो मेरो निम्ति एउटा मिशन जस्तो हो। म यहाँ केवल आफ्नो सफलता र ट्रफीहरूबारे सोच्न आएको होइन। मेरो लक्ष्य खेलाड़ीहरू, कोचिंग स्टाफ र क्लबसँग सम्बन्धित हरेक व्यक्तिलाई पहिलाभन्दा असल बनाउने रहेको छ। म यस्तो कार्य संस्कृति बनाउन चाहन्छु, जसमा मेहनत, जिम्मेवारी र ठूलो लक्ष्य हासिल गर्ने सोच हुनेछ। रियल म्याड्रिडमा काम गर्नु अनि रियल म्याड्रिडको निम्ति काम गर्नु दुईवटा अलग कुरा हो। म यहाँ क्लबको निम्ति पूरा प्रतिबद्धताको साथ आएको छु। मोरिन्होले सबै खेलाड़ीहरू उपलब्ध भएको भए तयारी अझ राम्रो हुने थियो भन्ने स्वीकार गर्दै वर्तमान परिस्थितिलाई सकारात्मक बताए। उनले भने, सबै खेलाड़ीहरू रहेको भए निश्चित रूपले राम्रो हुने थियो। अहिले मसँग ती खेलाड़ीहरूलाई नजिकबाट जान्ने मौका रहेको छ, जोसँग म काम गर्नेछु। यसरी उनीहरूले पनि मलाई जान्ने र बुझ्ने मौका पाउनेछन्। अधिकांश स्टार खेलाड़ीहरू नरहेका हुनाले शुरुवाती अभ्यास सत्रमा रियल म्याड्रिड कास्तिया (बी टीम)-का धेरै खेलाड़ीहरूलाई पनि सामेल गरिएको छ। मेडिकल जाँचपछि खेलाड़ीहरूले जिम र मैदानमा फिटनेस ड्रिल्सको साथमा बल कण्ट्रोल र फिनिशिंगको अभ्यास गरे। यसरी सानो मैदानमा अभ्यास म्याच पनि खेलियो। दिग्गज प्रशिक्षक मोरिन्होको आगमनपछि रियल म्याड्रिडका प्रशंसकहरू आशावादी छन्। उल्लेखनीय छ, मोरिन्हो यसअघि २०१०-देखि २०१३-सम्म रियल म्याड्रिडको मुख्य प्रशिक्षक पदमा रहेका थिए।

About Author

Advertisement