रिम्बिकमा भीषण पैह्रो: तीनजनाको मृत्यु, दुई घाइते

IMG-20250912-WA0120

गान्तोक: पश्चिम सिक्किमको याङथाङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बिक गाउँमा हिजो राति अविरल वर्षापछि आएको भीषण पैह्रोले एकै परिवारका तीनजनाको ज्यान लिएको छ भने दुईजना घाइते भएका छन्। मृतकहरूमा घरधनी भीमप्रसाद लिम्बू (५२), उनका ज्वाइ बिमल राई (५०) र बहिनी अनिता लिम्बू (४६) रहेका छन्। पैह्रोले घर र भान्सा पूर्णरुपमा ध्वस्त बनाएको थियो।


घाइते मोनमाया राई (५०) र सात वर्षीय एञ्जेला राईलाई तत्काल जिल्ला अस्पताल, गेलसिङ पुर्‍याइएको छ। उद्धार टोलीले सुक बहादुर लिम्बूलाई पनि जीवितै सुरक्षित निकालेको छ।
क्षेत्रीय विधायक एवं मन्त्री भीम हाङ लिम्बू घटनास्थल पुगेर पीडित परिवारसँग समवेदना प्रकट गर्दै तत्काल राहत सहयोग हस्तान्तरण गरे। जिल्ला पाल ङ डी तेञ्जीङ डेन्जोङ्पा नेतृत्वको टोलीले क्षतिको विवरण संकलन गरेको छ।

प्रशासनले प्रभावित परिवारलाई सुरक्षित स्थानमा पुनः बसोबास गराउने तयारी गरेको जनाएको छ।

About Author

Advertisement